आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्रीका एडीसी शाहीमाथि प्रहरी अनुसन्धान

प्रधानमन्त्रीका सुरक्षा अधिकृत (एडिसी) सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- प्रधानमन्त्रीका सुरक्षा अधिकृत (एडिसी) सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ।

काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए।

नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाएका सेनानी शाहीलाई अनुसन्धानका लागि आइतबार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कानूनको बर्खिलाप गर्ने जो कसैलाई कारवाहीको दायरामा ल्याउने सङ्गठनको स्पष्ट नीति रहेको जनाउँदै सेनाले सङ्गठनमा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्दे्शिका लागू गरेको छ।

गैरकानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐनबमोजिम कारवाही गरिने जनाउँदै सेनाले अनुसन्धानका लागि प्रहरी प्रशासनबाट उपस्थित गराइदिन अनुरोध भइआएमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पठाउने गरेको बताएको छ।

प्रकाशित: Nov 10, 2019| 11:56 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।