आइतबार, साउन ३१, २०८३

कांग्रेसले उपनिर्वाचनका लागि बनायो अनुगमन समिति

नेपाली कांग्रेसले उपनिर्वाचनलाई लक्षित गरेर ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समिति छ सदस्यीय छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- नेपाली कांग्रेसले उपनिर्वाचनलाई लक्षित गरेर ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समिति छ सदस्यीय छ।

लेखकको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्यसमेत रहेका अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल र अधिवक्ता केशव रिजाल सदस्य रहेका छन्।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न पार्टीको विधान बमोजिम ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरिएको जानकारी दिए।

समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनसँगै उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने मुख्य सचिव पौडेलले बताए।

उनका अनुसार समितिले उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गरेर आवश्यक निर्देशन दिने पनि जानकारी दिए।

समितिले उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचारप्रसार गर्न, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने समितिले जिम्मेवारी पाएको छ।

प्रकाशित: Nov 10, 2019| 11:22 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।