आइतबार, साउन ३१, २०८३

१५ हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

पश्चिम रुकुमको मुसिकोटस्थित जिल्ला अदालतमा कार्यरत एक जना नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- पश्चिम रुकुमको मुसिकोटस्थित जिल्ला अदालतमा कार्यरत एक जना नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

नायब सुब्बा रमेशकुमार खड्कालाई जग्गा दाखिला खारेज दर्ता पूर्जी उपलब्ध गराइदिए बापत सेवाग्राहीसँग १५ हजार घुस रकम माग गरिरहेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

जग्गा दाखिल खारेज दर्ता पूर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी ६० हजार घुस रकम मागेको र अन्तिम समयमा १५ हजार रुपैँया घुस नदिइकन कागजपत्र नदिने भन्ने सूचना सेवाग्राहीले दिएको आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता कोइरालाले बताए।

खड्काले अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पूर्जी उपलब्ध गराउनु पर्नेमा नगराई घुस रकम माग गरेको अख्तियारले जनाएको छ।

आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले खड्कालाई रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ खलंगा स्थित राप्ती होटल एण्ड लज अगाडिबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कोइरालाले जानकारी दिए।

प्रकाशित: Nov 10, 2019| 11:04 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।