आइतबार, साउन ३१, २०८३

रुप ज्योतिका बाबुछोरीलाई थप ५ दिन थुनामा राख्न आदेश

ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थ राज्यमन्त्री एवम् व्यापारी रुप ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थ राज्यमन्त्री एवम् व्यापारी रुप ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।

आइतबार जिल्ला अदालतले ज्योतिका बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो।

ठगीको उजुरी परेपछि प्रहरीले ज्योतिलाई बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो। जिल्ला अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो।

हाउजिङका नाममा एक करोड २६ लाख रूपैयाँ ठगी गरेको आरोपमा गत मंसिर २० गते जिल्ला अदालतले रूपज्योतिलगायत १० जनाविरुद्ध पक्राउपूर्जी जारी गरेको थियो।

तर, रूपज्योतिले पक्राउ पूर्जी विरुद्ध सर्वाेच्च अदालतमा मंसिर २३ गते निषेधाज्ञा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले रूपज्योतिले दायर गरेको निषेधाज्ञाको रिट खारेज गरिदिएको थियो।

प्रकाशित: Nov 10, 2019| 10:39 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।