आइतबार, साउन ३१, २०८३

सबैको चासो कास्की- २ मा

प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको कास्की–२ मा चुनावी माहोल तातेको छ । बिहीबार मनोनयन दर्तासँगै चुनाव नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारदेखि केन्द्रीय नेताहरूसमेत पोखरा केन्द्रित भएका छन्।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको कास्की–२ मा चुनावी माहोल तातेको छ । बिहीबार मनोनयन दर्तासँगै चुनाव नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारदेखि केन्द्रीय नेताहरूसमेत पोखरा केन्द्रित भएका छन्।

नेकपाले दिवंगत नेता रवीन्द्र अधिकारीकी श्रीमतीलाई चुनावी मैदानमा उतारेको छ भने कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।

नेपाली काङ्ग्रेस (विपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङले उम्मेदवारी दिएका छन् ।

त्यस्तै साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट श्रीमती गङ्गा मल्ल छन्। 

स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रनेमा उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला छन् ।  त्यस्तै, अन्य स्वतन्त्र उम्मेदवारमा यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन्।

मुख्य प्रतिस्पर्धा भने नेकपा र नेपाली कांग्रेसबीच नै रहने निश्चित छ। यसअघि पनि उक्त क्षेत्रमा नेकपा र कांग्रेसबीच नै प्रतिस्पर्धा भएको थियो।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपाका उम्मेदवार रवीन्द्र अधिकारीले कुल खसेको मत  (४९९१३) मा ५६.१६ प्रतिशत अर्थात् २७,२०७ मत ल्याएर चुनाव जितेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले ३८.५२ प्रतिशत अर्थात् १८,६६१ मत पाएका थिए। तेस्रो स्थानमा रहेका विवेकशील साझा पार्टी निकै तल थियो। उक्त पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८४३ मत ल्याएका थिए।

उपनिर्वाचनमा कुल मतदाता संख्या ७१,८७१ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। २०७४ सालमा भने उक्त क्षेत्रमा ७०,६५१ मतदाता थिए । मतदानका लागि ३२ वटा मतदान स्थल र ८२ वटा केन्द्र तोकिएका छन्।

उपनिर्वाचनमा कास्की २ मा २२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले बताए।

यस्तो थियो स्थानीय तहको नतिजा

स्थानीय तहको निर्वाचनमा पोखरा महानगरको मेयरमा एमाले मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भएका थिए । कास्की निर्वाचन क्षेत्र २ मा महानगरका ११ वडा छन् । तीमध्ये वडा नम्बर ४, ९, ११ मा कांग्रेस उम्मेदवार विजयी भएका थिए भने ७, ८, १५, १६, १७, २०, २१ र ३३ मा एमाले विजयी भएको थियो ।

स्थानीय तहका निर्वाचनमा एमाले र तत्कालीन माओवादी केन्द्रले छुट्टाछुट्टै चुनाव लडेका थिए । तर कास्की क्षेत्र २ का कुनै पनि वडामा माओवादी उम्मेदवार विजयी भएका थिएनन्।

‘मेरा लागि जनमत संग्रह हो: खेमराज पौडेल

चुनावी माहोल निकै राम्रो छ। कम्युनिस्ट सरकारका गलत गतिविधिबाट जनता आजित भइसकेका छन्। नेपाली कांग्रेसका पक्षमा जनताको उत्साह बढेको छ ।

अर्को कुरा पार्टी नेतृत्वमा रहेको गुट–उपगुट अन्त्य भएको छ। केन्द्रीय तहबाटै नेताहरूबीच सहमति भएकाले घातअन्तरघात हुन सक्ने सम्भावनै छैन। हाम्रो पार्टीको घोषणापत्रका मुद्दालाई केन्द्रमा राखेर म मैदानमा उत्रिएको छु।

बाहिर मिठा कुरा गर्ने तर भित्रभित्र छुरा धस्ने प्रवृत्ति हामीसँग छैन। यतिबेला मुलुकको ध्यान कास्की २ को निर्वाचनमा केन्द्रित छ। त्यसैले यसलाई मैले यसलाई जनमत संग्रहका रूपमा लिएको छु। चुनाव जितेमा मेरो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिनेछु। यस्तै पोखरा महानगरपालिका प्रदूषित हुँदै गएको छ।

अब प्रदूषणमुक्त सहरका लागि पनि काम गर्नुपर्ने छ। मैले लामो समयदेखि पार्टीमा संघर्ष गर्दै आएँ । तर पार्टीको उपल्लो तहमा बसेर देश र जनताको सेवा गर्ने अवसर भने पाएको छैन । यसपटक मेरो निष्ठालाई बुझेर पार्टीले उम्मेदवार बनाएको छ । कास्की २ का जनताले मलाई जिताएर पठाउनेमा ढुक्क छु।

 

प्रकाशित: Nov 10, 2019| 10:04 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।