शुक्रबार, जेठ १, २०८३

चर्चित रुसी इतिहासकार सोलोकोभकाे झोलामा महिलाको हात

रुसका चर्चित इतिहासकार ओलेग सोलोकोभ आफ्नी फ्रेमिकाको हत्याको आरोपमा पक्राउ परेका छन्।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

एजेन्सी- रुसका चर्चित इतिहासकार ओलेग सोलोकोभ आफ्नी फ्रेमिकाको हत्याको आरोपमा पक्राउ परेका छन्।

National life

प्रोफेसरसमेत रहेका इतिहासकार सोलोकोभ आफ्नो झोलामा ती युवतिको एउटा हात सहित पक्राउ परेका हुन्।

६३ वर्षीय सोलोकोभकी २४ वर्षीया प्रेमिका अनास्तासिया येस्चेन्कोको शव घरमै फेला परेको थियो।

सोलोकोभकले नसाको सुरमा एउटा नदीमा प्रेमिकाको हात फाल्दै गर्दा लडेका थिए। त्यही समयमा स्थानीले उनलाई भेटेका र हात झोलामा भेटिएको जनाइएको छ।

सोलोकोभले फ्रान्सका नेपोलियन बोनापार्टबारे गहिरो अध्ययन गरेका कारण फ्रान्सबाटसमेत सम्मानित भएका थिए।

पक्राउ परेका सोलोकोभले आफूले प्रेमिकाको हत्या गरेको स्वीकार गरेका छन्।

उनका वकिलले समाचार एजेन्सीहरुसँग कुरा गर्दै घटना स्वीकार गरेको र अहिले पश्चातापमा रहेको बताएका छन्।

एउटा विवादमा प्रोफेसर सोलोकोभले प्रेमिकाको हत्या गरेको र त्यसपछि हात तथा शिर छेदन गरिदिएको स्वीकार गरेका छन्।

प्रकाशित: Nov 10, 2019| 10:24 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।