आइतबार, साउन ३१, २०८३

लागूऔषध मुद्दामा फरार वडाध्यक्ष पक्राउ

नुवाकोटको म्यागङ गाउँपालिका ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

नुवाकोट- नुवाकोटको म्यागङ गाउँपालिका ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध (चरेस) मुद्दामा फरार तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतले २०७६ जेठ २७ गते तामाङलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो।

तामाङ २०७४ सालमा भएको स्थानीय तहको चुनावमा म्यागङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी भएका थिए।

अर्का व्यक्ति होमबहादुर तामाङसमेत संलग्न रहेको लागूऔषध (चरेस) मुद्दामा यसअघि तामाङ ३० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।

प्रकाशित: Nov 10, 2019| 09:37 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।