काठमाडौं- भारतले गत साता सार्वजनिक गरेको राजनीतिक नक्साको विरोधमा माइतीघरमा प्रदर्शन गर्ने प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
प्रदर्शनका क्रममा प्रहरीले अहिलेसम्म करिब ३० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइसकेको छ। प्रदर्शनमा स्कुल जाने उमेरका बालबालिका पनि विद्यालय पोषाकमै सहभागी भएका थिए ।
प्रहरीको हस्तक्षेप भएपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन्।