आइतबार, साउन ३१, २०८३

मेल्लेख-५ मा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा

उपनिर्वाचन हुने अछामको एक मात्र वडा मेल्लेख गाउँपालिका-५ बिन्धेवासिनीमा नेपाली कांग्रेस र नेकपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

अछाम- उपनिर्वाचन हुने अछामको एक मात्र वडा मेल्लेख गाउँपालिका-५ बिन्धेवासिनीमा नेपाली कांग्रेस र नेकपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

नेकपाले रमेश खड्कालाई उम्मेदवार बनाएको छ। उनी ०७४ को स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवार हुन्। उक्त निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेका थिए।

कांग्रेसले भने यसअघि वडाअध्यक्षमा निर्वाचित रामबहादुर बोहोराका दाजु वीरबहादुर बोहोरालाई उम्मेदवार बनाएको छ।  

उक्त निर्वाचनमा कांग्रेसका रामबहादुरले नेकपा एमालेका उम्मेदवार दीर्घराज खड्का र नेकपा माओवादीका उम्मेदवार रमेशले पाएको भन्दा २१ मत बढी पाएका थिए ।

उक्त निर्वाचनमा रामबहादुरले ५ सय ८१, रमेशले २ सय ८७ र दीर्घराजले २ सय ७३ मत प्राप्त गरेका थिए।

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा कांग्रेस र नेकपाबीच कडा टक्कर हुने जानकार बताउँछन्।

०४९ र ०५४ को स्थानीय निकायको निर्वाचनमा एमालेले जितेको बिन्धेवासिनीमा ०७४ को निर्वाचनमा कांग्रेसले लालकिल्ला तोडेको थियो। कांग्रेस ०७४ को जस्तै अहिले पनि आफ्नो विरासत कायम राख्ने दाउमा छ भने नेकपा तोडिएको लालकिल्ला फर्काउने दाउमा छ।

“यसअघिको निर्वाचनमा कम्युनिस्ट दुई पार्टीबाट चुनाव लडेकाले मत बाँडिएर पराजय भोग्नुपर्यो,” रमेशले भने, “यो पटक दुवै पार्टी मिलेकाले तोडिएको लालकिल्ला फर्काउछौँ।”

कांग्रेस भने जित कायम राख्न लागिपरेको छ। “यसअघि भाइले जितेको थियो, उनकै एजेन्डा कार्यान्वयन गर्न मलाई पार्टीले अघि सारेको छ,” कांग्रेस उम्मेदवार वीरबहादुरले भने, “भाइप्रति सच्चा श्रद्धाञ्जलीका लागि पनि जनताले मलाई विजयी गराउँछन् भन्ने पूर्ण विश्वासमा छु।”

दुवै दलले उम्मेदवार टुंगो लगाएसँगै प्रचारप्रसार पनि तीव्र बनाएका छन्।

जिल्लाभरमा उपनिर्वाचन हुने एक मात्र वडा भएकाले दलहरूको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। चुनाव प्रचारप्रसारकै क्रममा नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा आइतबार मेल्लेख पुगेका छन्।

यस्तै, कांग्रेसले पनि आइतबार नै मेल्लेखमा जिल्लास्तरको कार्यक्रम राखेको जिल्ला कार्यसमिति सदस्य पदम खड्काले जानकारी दिए।
दलहरू मतदातालाई भेटेर आफ्नो पक्षमा मत माग्न थालेका छन्।

कामको सिलसिलामा जिल्लाबाहिर रहेका मतदातालाई निर्वाचनको बेला गाउँमा ल्याउन दुवैै दलले प्रयास जारी राखेका छन्।

रामबहादुरको वडाअध्यक्षमा निर्वाचित भएको करिब एक महिनापछि बाजुराको बडिमालिका दर्शन गर्न जाने क्रममा बाटोमै ज्यान गएको थियो।

उपनिर्वाचनका लागि बिन्धेवासिनीमा एक हजार नौ सय १४ मतदाता छन्।

प्रकाशित: Nov 10, 2019| 08:57 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।