आइतबार, साउन ३१, २०८३

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जिल्लाको शिखर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

डोटी- जिल्लाको शिखर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शिखर नगरपालिका १० खन्नेखोलामा ट्याक्टर दुर्घटनामा परी घाइते भएका ट्याक्टर चालक धनगढी उपमहानरपालिका ४ उत्तरबेहडी बस्ने ३२ वर्षीय अनिल चौधरीको आइतबार बिहान मृत्यु भएको हो।

दिपायलबाट डडेल्धुरातर्फ जाँदै गरेको से २ त २६५१ नम्बरको ट्याक्टर शनिबार बेलुका ७ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते भएका ट्याक्टर चालकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।

प्रकाशित: Nov 10, 2019| 07:23 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।