आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठगी आरोप लागेका सुदूरपश्चिमका पर्यटन राज्यमन्त्रीले दिए राजीनामा

ठगी आरोप लागेका सुदूरपश्चिमका पर्यटन राज्यमन्त्रीले दिए राजीनामा

क्याम्पसको १६ करोड रूपैयाँ ठगी आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- क्याम्पसको १६ करोड रूपैयाँ ठगी आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए। “ठगीको आरोपमा अदालतमा मुद्दा परेपछि नैतिकताको आधारमा उहाँले राजीनामा दिनुभएको हो,” वलीले भने।

महेन्द्रनगरको जनज्योति क्याम्पसका सेयर सदस्यसमेत रहेका रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात कीर्तेको मुद्दा दर्ता छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रावलको सम्पत्ति छानविन गरिरहेको छ।

रावल तत्कालीन नेकपा एमालेका तर्फबाट कंचनपुर ३ (क)बाट निर्वाचित भएका हुन्। गत असोजमा उनी राज्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: Nov 10, 2019| 08:35 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।