काठमाडौं– इस्लाम धर्मका संस्थापक हजरत मोहम्मद पैगम्बर जयन्तीका अवसर प्रदेश– २ मा सार्वजनिक विदा दिइएको छ ।
प्रदेश २ सहित देशका विभिन्न भागमा रहेका मुस्लिमहरुले पैगम्बर जयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन्। यस दिन विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गरिन्छ ।
अरबको मक्कामा ईस २२ अप्रिल ५७१ मा जन्मेका पैगम्बरले अल्लाहका दूतबाट ज्ञान लिई कुरान लेखेको मानिन्छ।
पैगम्बरको जन्म हुनुअघिनै उनका पिताको मृत्यु भएको थियो भने उनी जन्मेलगतै उनको माताको मृत्यु भएको थियो। त्यसपछि काकाबाट पालिएका उनी व्यापार र यात्रामा सक्रिय थिए।
पैगम्बरले कहिले पनि एक्लै खाएनन्। उनी खाने बेलामा जहिले पनि गरिब वा दिनदुखीलाई सँगै खुवाउँथे।
यता मुस्लिम आयोगले विदाको माग गरे पनि केन्द्र सरकारले विदा नदिएको आयोगका अध्यक्ष समिम अन्सारीले बताए ।