आइतबार, साउन ३१, २०८३

पूर्वराज्यमन्त्री रूपज्योतिकाे म्याद थप आज

ठगी आरोपमा पक्राउ परेका पूर्वराज्यमन्त्री तथा व्यवसायी डा. रूपज्योतिलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिँदै छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- ठगी आरोपमा पक्राउ परेका पूर्वराज्यमन्त्री तथा व्यवसायी रूपज्योतिलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिँदै छ।

उनलाई म्याद थपका लागि अदालतमा पेश गरिन लागिएको हो।

यसअघि अदालतले उनीमाथि थप अनुसन्धानको लागि शुक्रबार तीन दिनको म्याद थपेको थियो। उक्त म्याद सोमबार सकिएकाे छ।

हाउजिङका नाममा एक करोड २६ लाख रूपैयाँ ठगी गरेको आरोपमा गत मंसिर २० गते जिल्ला अदालतले रूपज्योतिलगायत १० जनाविरुद्ध पक्राउपूर्जी जारी गरेको थियो। तर, रूपज्योतिले पक्राउ पूर्जी विरुद्ध सर्वाेच्च अदालतमा मंसिर २३ गते निषेधाज्ञा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले रूपज्योतिले दायर गरेको निषेधाज्ञाको रिट खाजेर गरेपछि प्रहरीले गत कात्तिक २१ गते उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्कदै गर्दा पक्राउ गरेको थियो।

प्रकाशित: Nov 10, 2019| 07:05 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।