आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीको स्वास्थ्य अवस्था नाजुक, केसीकाे समर्थनमा सरकारी गाडी बन्द

डा. केसीको स्वास्थ्य अवस्था नाजुक, केसीकाे समर्थनमा सरकारी गाडी बन्द

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सकहरुले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएका छन्।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

डडेलधुरा- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सकहरुले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएका छन्।

निजी घरमा अनसन बसेका डा केसीलाई  अस्पतालमा सारिए पनि उनले औषधि सेवन गर्न नमानेको र स्वास्थ्य अवस्था झन् नाजुक बन्दै गएकोले सुविधायुक्त अस्पतालमा लैजान सल्लाह दिइएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए।

‘अहिले ब्लड प्रेसर र मुटुको चाल बढेको छ, उहाँको थप केहि जाँच गर्नुपर्ने देखिन्छ जुन यो अस्पतालमा सम्भव छैन’ उनले भने, ‘अन्यत्र पठाउन सल्लाह दिएका छौँ तर उहाँले मानिरहनु भएको छैन। पिसाबमा देखिएको समस्या पनि झन बढिरहेकाले बाहिर लैजानुको विकल्प नरहेको उनले बताए ।

डडेल्धुरा अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र एबिजी सेवा नरहेकोले डा. केसीको उपचार डडेलधुरामा सम्भव नरहेको अस्पतालले जनाएको छ।

डा. केसी सात दिनदेखि डडेलधुरामा अनसनरत छन् । उनले १७ औं चरणको सत्याग्रह डडेलधुरास्थित निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा सुरु गरेका थिए।

समर्थनमा सरकारी गाडी बन्द

यसैबीच डा. केसीका माग प्रति ऐक्यवद्धता जनाउँदै उनका समर्थकहरुले डडेल्धुरामा आईतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएका छन्।

‘बिहान ९ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका सवारीसाधन सञ्चालनमा रोक लगाइएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। उद्योग वाणिज्य संघ, नागरिक समाजले दबाबस्वरुप आन्दोलन थालेको उनले जानकारी दिए।

भट्टका अनुसार सदरमुकाम बागबजार क्षेत्रमा दिउसो १ः३० वजे देखि २ः३० बजेसम्म पसल बन्द गर्ने निर्णय पनि गरिएको छ। अन्य सवारी साधनहरु भने सञ्चालन हुने उनले बताए।

साथै १ः३० बजे राँके जुलुस निकालिने अध्यक्ष भट्टले जानकारी दिए। डा. केसीको सर्मथनमा दैनिकजसो विभिन्न कार्यक्रमहरु संचालन हुँदै आएका छन्।

प्रकाशित: Nov 10, 2019| 08:05 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।