आइतबार, साउन ३१, २०८३

बैतडीमा नेकपा-कांग्रेसले टुंग्याए उम्मेदवार

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन्।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

बैतडी- आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले सुर्नया गाउँपालिका-१, पुर्चौडी नगरपालिका-४ र दोगडाकेदार गाउँपालिका-४ मा वडाअध्यक्षकाउम्मेदवारको टुंगो लगाएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुर्चौडीमा शैलेन्द्र धानुक, दोगडाकेदारमा नरेन्द्रप्रसाद भट्ट र सुर्नयामा धनबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए।

कांग्रेसले पुर्चाैडीमा गोविन्दबहादुर धामी, दोगडाकेदारमा सुरेन्द्रप्रसाद भट्ट र सुर्नयामा गजेन्द्रबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी सचिव वीरबहादुर विष्टले जानकारी दिए।

उम्मेदवार टुंगो लागेसँगै दुवै दुवै दलले प्रचारप्रसार तीव्र पारेका छन्।

कांग्रेस जिल्ला पदाधिकारी बैठकले उपनिर्वाचनका लागि मूल प्रचारप्रसार समिति गठन गरिसकेको जनाएको छ। उनका अनुसार पार्टी सभापति नरेन्द्रसिंह थापाको नेतृत्वमा ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको छ।

प्रकाशित: Nov 10, 2019| 06:11 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।