आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एएफसी यू-१९ च्याम्पियनसिप छनोट : नेपालले आज कीर्गिस्तानको सामना गर्दै

एएफसी यू-१९ च्याम्पियनसिप छनोट : नेपालले आज कीर्गिस्तानको सामना गर्दै

एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा आज नेपालले कीर्गिस्तानको सामना गर्दैछ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा आज नेपालले कीर्गिस्तानको सामना गर्दैछ। खेल इरानको तेहरानस्थित पिएएस स्टेडियममा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।

नेपाल छनोट चरणको अन्तिम खेलमा कीर्गिस्तानसँग खेल्न लागेको हो । यसअघि लगातार दुई खेलमा पराजय भोगेको नेपाल कीर्गिस्तानसँग सान्त्वना जित निकाल्ने लक्ष्यमा छ।

यसअघि नेपाल पहिलो खेलमा युएईसँग र दोस्रो खेलमा इरानसँग समान ४-० गोल अन्तरले पराजित भएको थियो।

यसअघिका दुई खेलमध्ये एक मात्रै जितेको कीर्गिस्तान पनि नेपालसँगको खेल जसरी पनि जित्ने रणनीतिमा छ। पहिलो खेलमा इरानसँग ३-० ले पराजित कीर्गिस्तानले दोस्रो खेलमा युएईलाई २-० ले हराएको थियो।

प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ। यस समूहमा नेपालसहित कीर्गिस्तान, युएइ र इरान छन्।

प्रकाशित: Nov 10, 2019| 04:43 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।