आइतबार, साउन ३१, २०८३

गणेशमानको १ सय ५ औं जन्मजयन्ती मनाइँदै

नेपाली कांग्रेसका संस्थापक नेता एवं लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरिँदैछ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता एवं लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरिँदैछ।

जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले शोभा भगवतीमा रहेको सिंहको शालिकमा माल्यार्पण गरेको छ।

यसै अवसरमा कांग्रेसले दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा आयोजना गर्दैछ भने नेपाल विद्यार्थी संघले रत्नपार्कको शान्ति बाटिकामा दीप प्रज्ज्वलन गर्ने जनाएको छ।

राणाशासनको अन्त्यसँगै तथा प्रजातन्त्रको बहालीका लागि योगदान दिएका सिंहले सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापना गरेका हुन्।

प्रकाशित: Nov 10, 2019| 03:49 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।