आइतबार, साउन ३१, २०८३

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज (आइतबार) प्रकाशन गर्दैछ ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज (आइतबार) प्रकाशन गर्दैछ ।

आइतबार उम्मेदवारी फिर्ता लिने समय दिएको आयोगले यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको हो । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम छ भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरिएको थियो। मनोनयन दर्ता गराएका उम्मेदवारको जाँचबुझ गरी नामावली प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान छ। तर, उम्मेदवारको विरोधमा कुनै उजुरी नपरेपछि जाँचबुझ गर्नै नपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि (सोमबार) बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि यही मंसिर १४ गते ३७ जिल्लामा विभिन्न क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा, भक्तपुरको निर्वाचन क्षेत्र नं १ को (क),बाग्लुङको क्षेत्र नं २ को (ख) र दाङ क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो।

 

प्रकाशित: Nov 10, 2019| 03:39 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।