आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सचिवालय र मन्त्री फेर्दै प्रधानमन्त्री, मंसिर १ मा राजीनामा

सचिवालय र मन्त्री फेर्दै प्रधानमन्त्री, मंसिर १ मा राजीनामा

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो टिम परिवर्तन गर्ने तयारी गरेका छन् । सचिवालयमा रहेका सदस्य र केहि मन्त्रीबाट चित्तबुझ्दो काम नभएपछि प्रधानामन्त्री ओलीले टिम परिवर्तनको तयारी गरेका हुन् ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो टिम परिवर्तन गर्ने तयारी गरेका छन् । सचिवालयमा रहेका सदस्य र केहि मन्त्रीबाट चित्तबुझ्दो काम नभएपछि प्रधानामन्त्री ओलीले टिम परिवर्तनको तयारी गरेका हुन् ।

पहिलो चरणमा प्रधानमन्त्रीले आफ्नो निजी सचिवालय परिवर्तन गर्दैछन् । त्यसका लागि उनले सचिवालयमा रहेका सबै सदस्यलाई राजीनामा गर्न भनेका छन् ।

सोहि बमोजिम मंसिर १ गतेसम्ममा राजीनमा गर्ने निष्कर्षमा ओलीको सल्लाहाकार समुह पुगेको स्रोतले जनाएको छ । तर, यस विषयमा सल्लाहाकार समुहमा रहेका कसैले पनि यसको आधिकारिक पुष्टि भने गरेका छैनन् ।

प्रधानमन्त्रीको सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायत १३ जना छन् । सबै सल्लाहाकार मंसिर १ गतेबाट बिदा हुने स्रोतको दाबी छ ।

यीमध्ये बजगाईं पुनः नयाँ टिममा फर्किन सक्ने सम्भावना रहेको स्रोतले जनाएकाे छ । उनी प्रधानमन्त्रीको निजी भेटघाटदेखि उपचार र औषधिहरूको मात्रा मिलाएर खुवाउनेसम्मको काममा सहयोगी भूमिकामा छन् ।

प्रधानमन्त्री नयाँ गतिका साथ अघि बढ्न खोजेकाले सल्लाहकार समूह फेर्न लागेको बताइएको छ। सल्लाहाकारसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुसमेत फेर्ने तयारी गरेका छन् ।

एक वर्ष अघिदेखि मन्त्री फेर्ने तयारी गरिए पनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच ठोस सहमति हुन सकेको थिएन् । तर, यसपटक दुई अध्यक्षबीच मन्त्रिपरिषद् हेरफेरमा सहमति जुटेको स्रोतले जनाएको छ।

पछिल्लो एक सातायता प्रधानमन्त्रीले सरकारलाई नयाँ गति दिने विषयमा छलफल तिब्र पारेका थिए ।

प्रकाशित: Nov 10, 2019| 02:41 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।