आइतबार, साउन ३१, २०८३

आजका अखबार : पश्चिमोत्तरमा सीमा सुरक्षाशून्य

नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्ना सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य छ । व्यास गाउँपालिका–१ छाङरु गाउँबाट ...
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले भारतले अतिक्रमण गरेको सीमाका विषयमा बसेको सर्वदलिय बैठक र प्रधानमन्त्रीले सचिवालय नै हेरफेर गर्न लागेको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

शनिबार प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलिय बैठकमा कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेकामा सबै राजनीतिक दल एकमत देखिएका छन्। उनीहरूले उच्चस्तरीय कूटनीतिक पहल गरी फर्काउन सरकारलाई अभिभारा दिएका छन्।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि नेपालको भएको भन्दै प्रधानमन्त्री तहबाटै वार्ता र संवाद गरी सीमा विवाद टुग्याउन सरकारलाई सुझाएका छन्।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित ठूलो नेपाली भूमि आफ्नो नक्सामा राखेपछि मुलुकभर विरोध प्रदर्शन चर्किएको छ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै अन्नपूर्ण पोस्ट्ले भूमि रक्षामा राष्ट्रिय सहमति शीर्षकमा मुख्य समाचार छापेको छ। उसले टनकपुर बाँधको १४.५७ हेक्टर जग्गा भारतीय कब्जामै रहेको विषयलाई पनि महत्वका साथ छापेको छ ।

नागरिक दैनिकले सीमा विवादः प्रधानमन्त्री तहबाटै समाधान खोज्न सर्वदलीय सुझाव शीर्षकमा मुख्य समाचार छापेको छ। कान्तिपुर दैनिकले भने पश्चिमोत्तरमा सीमा सुरक्षाशून्य रहेको विषयलाई मुख्य समाचार बनाएको छ।

नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्ना सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य रहेको समाचारमा उल्लेख छ ।

व्यास गाउँपालिका–१ छाङरु गाउँबाट दक्षिणपूर्व तिंकर खोलानजिकको सीतापुल प्रहरीचौकी नै नेपालको पश्चिमी सीमातर्फको अन्तिम सुरक्षा उपस्थिति हो । जीर्ण अवस्थाको यो चौकीमा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा १३ जनाको टोली छ ।

सीमा क्षेत्रको एकमात्र चौकी भएकाले स्थानीय नागरिकलाई सुरक्षा दिने दायित्व पनि यही टोलीमाथि रहेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकले भने भारतले लगाएको गण्डक बाँधका कारण नेपाली पाएको दुःखलाई मुख्य समाचार बनाएको छ। उसले गण्डकको दुःखः सिँचाइ भारतमा, डुवान नेपालमा शीर्षकमा समाचार लेखेको छ।

यस्तै आजका पत्रपत्रिकाले प्रधानमन्त्री केपीशर्मा ओलीले सचिवालय फेर्न लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् । सचिवालयसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा पनि हेरफेर गर्ने तयारी गरेको पत्रपत्रिकाले लेखेका छन् ।

कान्तिपुर दैनिकले प्रधानमन्त्री सचिवालय फेरिँदै शीर्षकमा खबर लेखेको छ भने नागरिक दैनिकले मन्त्रिमण्डल हेरफेरको संकेत शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले सल्लाहाकार हटाउँदै प्रधानमन्त्री शीर्षकमा खबर लेखेको छ ।

 

प्रकाशित: Nov 10, 2019| 01:44 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।