काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद कूटनीतिक तवरले सुल्झाउन सुझाव दिएका छन्।
प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वपक्षीय बैठकमा डेढ घण्टा सहभागी भई बाहिरिएका भट्टराईले बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बनाएका हुन्। उनले भने, “लिपुलेक, कालापानी हाम्रो भूमि हो। सरकारले कुटनीतिक तवरले नै सीमा विवाद हल गर्नुपर्छ।”
भट्टराई डेढ घण्टा बैठकमा सहभागी भएका थिए।भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूमि लिपुलेक र कालापानी समावेश गरेपछि नेपालमा विरोध भइरहेको छ। तर, भारतले नेपालका भूमि नक्सामा समावेश नगरेको दाबी गरेको छ।