आइतबार, साउन ३१, २०८३

सुरु भयो सर्वपक्षीय बैठक

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादबारे छलफल हुनेछ। बैठकमा दलका शीर्ष नेता र केही विज्ञलाई बोलाइएको छ।

भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा चर्को विरोध भइरहेको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनले आन्दोलन चर्काइरहेका छन्।

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी छन्।

प्रकाशित: Nov 09, 2019| 11:19 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।