आइतबार, साउन ३१, २०८३

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्।

उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चार दिने सद्भावना भ्रमणका लागि कात्तिक २६ गते नेपाल आउन लागेका हुन्।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्नुहुनेछ।

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। उनीसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन्।

नेपाल बसाइका बेला राष्ट्रपति हमिदले काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्वको स्थलसँगै पोखराको भ्रमण गर्नेछन्।

हमिद कात्तिक २९ गते स्वदेश फर्कनेछन्।

प्रकाशित: Nov 09, 2019| 11:02 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।