आइतबार, साउन ३१, २०८३

सवारी दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको ज्यान गएको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

बाँके– ट्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको ज्यान गएको छ।

मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ। गए राति २ बजे ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षीय सुमनकुमार थारू र १५ वर्षीय सञ्जीव धम्लहवाको ज्यान गएको हो।

राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे१त २९०१ नं को ट्याक्टर र म२प ७०३४ नं को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवैको मृत्यु भएको थियो।

ट्याक्टरका चालक फरार छन् ।

रासस

प्रकाशित: Nov 09, 2019| 10:23 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।