आइतबार, साउन ३१, २०८३

एकता र उत्साहसाथ चुनावमा होमिने कांग्रेस निर्णय

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा एकता र उत्साह साथ होमिने निर्णय गरेको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं- नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा एकता र उत्साह साथ होमिने निर्णय गरेको छ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत सहभागी थिए।

यसअघि गत बुधबार उम्मेदवार छान्न बसेको बैठकमा किचलो भएपछि पौडेल र सिटौला बैठक छाडेर हिँडेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि चार ठाउँमा हुने चुनावमा देउवाले आफूलाई दुई ठाउँ राखेर पौडेल र सिटौलालाई एक–एक ठाउँमा उम्मेदवार छान्न दिएका थिए।

कांग्रेसमा पौडेल र सिटौलाले बेग्लै गुट चलाउँदै आएका छन्। आन्तरिक गुटका कारण पार्टी उम्मेदवारलाई असर नपरोस् भनेर कांग्रेसले एक भएर चुनावमा होमिने निर्णय गरेको हो।

प्रकाशित: Nov 09, 2019| 07:14 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।