आइतबार, साउन ३१, २०८३

अतिक्रमणको विरोधमा ‘अकुपाइ टुँडिखेल’अभियान सुरु

आज(शनिबार)बाट‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ। टुँडिखेल कब्जाको विरोधमा आजबाट अभियान सुरु गरिएको हो।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं - आज(शनिबार)बाट‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ। टुँडिखेल कब्जाको विरोधमा आजबाट अभियान सुरु गरिएको हो।

बिहान ८ बजेदेखि करिब एक घण्टासम्म रत्नपार्कदेखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानवसाङ्लो बनाएर टुँडिखेललगायतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु गरिएको हो। अभियानमा विभिन्न राजनीतिक दल, कलाकार, स्थानीय नागरिक, अभियन्तालगायतका व्यक्तिको सहभागिता रहेको छ।

अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, केदारभक्त माथेमालगायतकाको सहभागिता रहेको छ।

शनिबार पहिलो चरणको समापनपछि तीन महिनासम्म प्रत्येक शनिबार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम संचालन गरिने बताइएको छ।

टुँडिखेल विगतमा एसियाकै सबैभन्दा ठूलो परेडस्थल, भूमिगत जलको पुनर्भरणको स्रोत, सांस्कृतिक र धार्मिक महत्व बोकेको र दैवीप्रकोपका बेला आश्रय लिने ठाउँ थियो। तर अहिले टुँडिखेलको सानो हिस्सा सार्वसाधारणको पहुँचमा छ भने बाँकी कुनै न कुनै नाममा अतिक्रमित भएको छ।

पुरानो टुँडिखेल त्रिपुरेश्वर चोकदेखि नारायणहिटी दरबारसम्म फैलिएको थियो। अहिले विभिन्न भौतिक संरचना बनाउँदै टुँडिखेललाई खुम्च्याइएको छ। अस्थायी बसपार्कदेखि अनधिकृत रुपमा पसल सञ्चालन गर्न दिइएको छ। त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने कामसमेत भएपछि त्यसको आमसर्वसाधारणले विरोध गर्दै आएका छन्।

प्रकाशित: Nov 09, 2019| 03:26 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।