आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा विवाद चर्किएपछि प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

सीमा विवाद चर्किएपछि प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन्।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन्। भारतले जारी गरको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्री ओलीले शनिबार दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्री ओलीले भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले शनिबार दिउँसो ४ बजे सबै राजनीतिक दलका प्रमुख, पूर्वपरराष्ट्र मन्त्री तथा पूर्वप्रधानमन्त्रीलाई बैठकमा बोलाएका छन्।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि नेपालमा त्यसको विरोधमा चर्को प्रदर्शन भैरहेका छन्। ठाउँठाउँमा भारत विरोधी नारा लगाइएका छन् भने मोदीको पुत्लासमेत दहन गरिएको छ। प्रदर्शनमा उत्रिएकाहरुले 'ब्याक अफ इण्डिया'लगायतका नारा लगाएका छन्। उनीहरुले यसबारे सरकारलाई पहल गर्न मागसमेत गरेका छन्।

 

 

प्रकाशित: Nov 08, 2019| 13:15 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।