आइतबार, साउन ३१, २०८३

धनगढीका दुई ठग कारागार चलान

धनगढी उपमहानगरपालिका-६ का सञ्जय रानासहित दुई जना ठगलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

धनगढी - धनगढी उपमहानगरपालिका-६ का सञ्जय रानासहित दुई जना ठगलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको ईजलासले रानासहित धनगढी उपमहानगरपालिका-३ का रुद्रप्रसाद अधिकारीलाई कारागार चलान गर्न आदेश दिएको हो।

यस्तै वडा नम्बर ६ का कमल बहादुर बिक र रानाकी साली कल्पना दिवाकोटीलाई जनही तीन लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत कैलालीका तहसिलदार तथा सूचना अधिकारी नरबहादुर नेगीले बताए।

चारै जनालाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएकोमा तीन दिनसम्म उनीहरुको बयान भएकोमा शुक्रबार मात्रै थुनछेक बहस भएको थियो। चारै जनामाथि ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र संगठीत अपराधमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको थियो।

उनीहरु मध्ये तीन जनालाई भदौ १८ गते पक्राउ गरिएको थियो भने रानाकी साली केही दिनपछि पक्राउ परेकी थिइन्।

प्रकाशित: Nov 08, 2019| 12:46 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।