आइतबार, साउन ३१, २०८३

डा.केसीको समर्थनमा र्‍याली

मेडिकल शिक्षामा सुधारको माग गर्दै अनशनरत डा.गोविन्द केसीको समर्थनमा डडेलधुरामा शुक्रबार पनि र्‍याली निकालिएको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

डडेलधुरा - मेडिकल शिक्षामा सुधारको माग गर्दै अनशनरत डा.गोविन्द केसीको समर्थनमा डडेलधुरामा शुक्रबार पनि र्‍याली निकालिएको छ। केसीको सत्याग्रहको समर्थनमा बिहीबार र शुक्रबार डडेलधुरामा दबाब र्‍याली निकालिएका हुन्।

शुक्रबार पेशाकर्मी एवं व्यवसायिक संघसंस्थाहरुको अगुवाइमा बसपार्कबाट डा.केसी अनसनरत स्थलसम्म र्‍याली निकालिएको हो।

‘डाक्टर गोविन्द केसीले राखेका सम्पूर्ण मागहरु पुरा गर', 'डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर', 'डडेलधुरामा मेडिकल कलेजका लागि निर्णय गर' तथा 'डा. केसीको जीवन रक्षा गर’, लगायतका नारा उनीहरुले लगाएका थिए।

बिहीबार नागरिक समाजको अगुवाइमा र्‍याली निकालिएको थियो।

केसीले सोमबारदेखि १७ औं चरणको सत्याग्रह सुरु गरेका थिए। उनको सत्याग्रह शुक्रबार पाचौं दिन पनि जारी छ।

डडेलधुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा रहेको निर्मल क्लिनिकको तेस्रो तलाको एक कोठामा डा.केसीले सत्याग्रह जारी राखेका छन्। चिसोका कारण उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिदै गएको छ।

प्रकाशित: Nov 08, 2019| 12:34 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।