आइतबार, साउन ३१, २०८३

१८ लाख रुपैँयासहित तीन भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारी गर्ने अवैध १८ लाख नेपाली रुपैयाँ सहित तीनजनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारी गर्ने अवैध १८ लाख नेपाली रुपैयाँ सहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार सुगौली बजार बस्ने २२ वर्षीय बिक्की कुमार, रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधीर कुमार र सोही ठाउँका ३० वर्षीय साहिद आलम रहेका छन्।

बिहान जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोक नजिकैबाट तीनजना भारतीय नागरिकलाई हुण्डी कारोबार गर्नका लागि राखिएको १८ लाख रुपैयाँ सहित तिनजनालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले बताए।

उनका अनुसार गोप्य सुचनाको अधारमा प्रहरीले वीरगंज प्रवेशगर्ने विभिन्न नाकामा चेकजाँच बढाइएको थियो।

सोही क्रममा रजतजयन्ती चोक अगाडि बीआर ०५ एस ३७९२, विरा ०५ वी १४४४ र विआर ०६ एआर ३७८९ नम्बरको मोटरसाइकल चलाउदै आएका भारतीय नागरिकहरुलाई चेकजाँच गर्दा तिनैजनागरी १८ लाख नेपाली रकम बरामद भएको हो।

पक्राउ परेका तीनैजनाको आवश्यक छानविन भइरहेको जिप्रका पर्साले जनाएको छ।

प्रकाशित: Nov 08, 2019| 12:10 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।