आइतबार, साउन ३१, २०८३

चाडपर्व सकिएसँगै भारततर्फ लागे युवा

चाडपर्व सकिनासाथ कामको खोजीमा भारत फर्कने युवाको संख्या बढेको छ। दसैं, तिहार तथा छठपर्व मनाउन स्वदेश आएका सुदूरपश्चिमेली भारत फर्कन थालेका हुन्।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

धनगढी - चाडपर्व सकिनासाथ कामको खोजीमा भारत फर्कने युवाको संख्या बढेको छ। दसैं, तिहार तथा छठपर्व मनाउन स्वदेश आएका सुदूरपश्चिमेली भारत फर्कन थालेका हुन्।

भारतका विभिन्न सहरमा काम गर्दै आएका कामदारले महिना दिन घरपरिवारसँग बिताए। पर्वको रमाइलो सकिएपछि उनीहरु कर्मथलोतर्फ लाग्न थालेका छन्। तिहार सकिएपछि गौरीफन्टा नाका भएर भारततर्फ जानेको लर्को लागेको छ। चाडपर्वको रमाइलो सकिएसँगै पुनः भारततर्फ लागेको गौरीफन्टा नाकामा भेटिएका नेपाली कामदारले बताए।

दसैं, तिहार तथा छठ मनाउन एक महिनाको बिदा लिएर आएका कैलारी गाउँपालिका-२ का विष्णु बोहरा भारत फर्किए। गौरीफन्टा नाकामा भेटिएका बोहराले नेपालमा रोजगारीको गतिलो माध्यम नभएपछि रोजगारीका लागि भारत जानुपरेको बताए। कैलाली गोदावरी नगरपालिका-१२ वलानीका मनोज पाण्डेले भने, ‘दसैं, तिहार र छठ सकिएपछि अब कर्मथलोमा जान लागेको छु।’

घर परिवारको पालनपोषण गर्नका लागि कमाउन भारततिर जानै पर्ने यस प्रदेशका जनाताको बाध्यता छ। अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशबाट भारत जाने नेपालीको संख्या बढी छ। गाउँका युवा भारत पलायन भएपछि पहाडी जिल्लाका कतिपय गाउँ युवाविहीन हुने गरेका छन्।

कैलालीको घैला बौनियाका नवराज जोशीले नेपालमा पढेअनुसारको रोजगारी नपाइने गुनासो गरे।

तिहार सकिएपछि कैलालीको त्रिनगर नाकाबाट दैनिक करिब चार सयदेखि साढे चार सय जनासम्म नेपाली भारततर्फ गइरहेका सशस्त्र प्रहरी ५३ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भोलाप्रसाद कुशवाहाले बताए। ‘अहिले उताबाट आउनेको भन्दा यताबाट जानेको संख्या बढी छ’, उनले भने, ‘हरेक दिन भारत जानेको लस्कर लाग्छ।’

प्रकाशित: Nov 08, 2019| 11:38 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।