आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’

मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’

सुदूरपश्चिमका युवाले मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’ लेखन अभियानको थालनी गरेका छन्।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

धनगढी - सुदूरपश्चिमका युवाले मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो हो’ लेखन अभियानको थालनी गरेका छन्। सुदूरपश्चिमका युवाले स्वतःस्फूर्तरुपमा अभियानको थालनी गरेका हुन्। यस्ता मोटरसाइकल कैलालीको धनगढी तथा अत्तरियामा देखिएका छन्।

लिपुलेक, कालापानी नेपालको भए पनि भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले विवादित भूमि भारतकै भएको बताएका थिए। त्यस्तै उनले नयाँ नक्सामा कुनै पनि परिमार्जन नगरिएको दाबी गरेका थिए।

नेपाल सरकारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सीमा सम्बन्धी विषयमा एकल निर्णय मान्य नहुने बताएको थियो।

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू-भाग समावेश भएको भन्दै चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित: Nov 08, 2019| 11:23 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।