आइतबार, साउन ३१, २०८३

आलु र केराउका नाममा काठमाडौं भित्रिन्छ गाईको मासु

आलु र केराउका नाममा काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- आलु र केराउका नाममा काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको छ।

राजस्व अनुसन्धान विभागले काठमाडौंको नागढुंगाबाट २ वटा ट्रक नियन्त्रणमा लिएपछि काठमाडौंमा गाईको र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको हो।

सर्लाहीको मलंगवा नाका हुदैँ काठमाडौं आइरहेको २ वटा ट्रक नियन्त्रणमा लिएर त्यसमा सामान चेकजाँच गर्दा राजस्व छलेर १२ टन कुखुराको मासु र ५ टन गाईको मासु फेला परेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

मासु जाँचका लागि विभागले खाद्य तथा गुणस्तर विभागमा पठाउने तयारी गरेको छ। भारतबाट नेपालमा जिउँदो पशुपंक्षी तथा मासु ल्याउन प्रतिबन्ध छ।

आलु र हरियो केराउ भन्दै उनीहरुले सर्लाहीको मलंगवा नाकाबाट गाई र कुखुराको मासु भित्र्याएको विभागका एक अधिकारीले जानकारी दिए।
मासु नेपालका सोल्टी, हायात लगायतका होटलहरुको लागि ल्याएको खुल्न आएको विभागले जनाएको छ।

ती होटलहरुले राजस्व छलेर बाहिरबाट मासु अवैध तरिकाबाट मगाउने गरेको गुनासो आएपछि चलाइएको अभियानमा २ वटा गाडी विभागले नियन्त्रणमा लिएको हो।

प्रकाशित: Nov 08, 2019| 11:14 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।