आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति र उनकी छोरीलाई थुनामा राख्न आदेश

पूर्वअर्थ राज्यमन्त्री रुप ज्योति र उनकी छोरीलाई थुनामा राख्न आदेश

पूर्वअर्थ राज्यमन्त्री तथा व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं - पूर्वअर्थ राज्यमन्त्री तथा व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुचीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका रुप ज्योति र उनकी छोरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेश गरेको थियो।

बिहीबार साँझ सिंगापुरबाट काठमाडौं फर्किएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग रकम उठाई घर नदिएको मुद्दा जिल्ला अदालत काठमाडौंमा परेपछि २०७५ मंसीर २० गते अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश भएको थियो ।

तर, त्यसविरुद्ध ज्योति सर्वोच्च अदालत गएपछि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।
उक्त आदेशको एक वर्षपछि गत मंगलबार सर्वोच्चले ज्योतिको विपक्षमा फैसला दियो। त्यसपछि उनलाई पक्रन प्रहरीलाई बाटो खुलेको थियो।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रुप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो।

हाउजिङ कम्पनी रुप ज्योतिको छोरीको नाममासमेत रहेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 08, 2019| 10:53 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।