आइतबार, साउन ३१, २०८३

उपेन्द्र यादवलाई नेकपामा फर्किन सुझाव

समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फर्किन सुझाव दिइएको छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं - समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फर्किन सुझाव दिइएको छ।

नेकपाका नेता दिनानाथ शर्माले यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पुरानै पार्टीमा फर्किन सुझाव दिएका हुन्।

नेकपा राष्ट्रिय सभा संसदीय दलका नेतासमेत रहेका शर्माले यादव जनयुद्धका बेला पार्टीमा बौद्धिक नेताका रुपमा सक्रिय रहेको स्मरण गरे।

शर्माले भने, ‘वैचारिक रुपमा हामी एउटै धरातलमा छौं। समाजवादी लोकतन्त्रको विकास गर्ने धरातलमा हामी उभिएका छौं। हाम्रो सबैको समाजवाद निर्माण गर्ने भन्ने अभियान हो।’

विचार मिल्न गएमा सबै कुनै दिन एक ठाउँमा हुन सक्ने शर्माको भनाइ छ। जनयुद्धका बेला यादवले लेखेको पुस्तकको पाण्डुलिपि प्रचण्डको हातमा परेको र त्यो पुस्तक छाप्न ढिलाइ भएकाले आफूले छपाएको शर्माले सम्झे।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि उपेन्द्र यादवलाई नेकपामा फर्किन आग्रह गरिसकेका छन्। 

प्रकाशित: Nov 08, 2019| 10:36 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।