शनिबार, कात्तिक २९, २०८२

गोविन्दाले नचाए नेपाली कलाकार (फोटो फिचर)

गोविन्दाले ‘सोनी दे नच्दे’, ‘अखियो से गोली मारे’लगायत गीतमा नृत्य प्रस्तुत गर्दा नेपाली कलाकार पनि नाचेका थिए।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

वीरगन्ज- बलिउड अभिनेता गोविन्दा दुई हात जोड्दै स्टेजमा चढेपछि दर्शकदीर्घाबाट तालीको गडगडाहट सुनियो। दर्शक मात्रै होइनन्, स्टेज आसपासमा रहेका कलाकारले पनि तालीले गोविन्दाको स्वागत गरे।

National life

बिहीबार वीरगन्जमा सुरु भएको ‘हिमाल, पहाड र तराई स्वर्णीम फिल्म महोत्सव’मा सहभागी भएका गोविन्दाले आफू अभिनित चलचित्रका गीतमा नृत्य प्रस्तुत गरे। उनले ‘सोनी दे नच्दे’, ‘अखियो से गोली मारे’लगायत गीतमा नृत्य प्रस्तुत गरे। उनीसँगै नेपाली कलाकार पनि नाचेका थिए।

उनले करिब १७ मिनेट स्टेजमा प्रस्तुति दिएका थिए।

महोत्सवमा नेपाली कलाकारले पनि प्रस्तुति दिएका थिए। 

 

Laxmi sunrise bank
kumari

‘नेपाल नेचुरल फिल्म कन्ट्री हो’

महोत्सवमा गोविन्दाले नेपालको खुलेर प्रशंसा गरे। उनले आफूले भ्रमण गरेका देशमध्ये नेपालजस्तो प्राकृतिक सुन्दरता अन्त नभएको बताए। उनले नेपाललाई ‘नेचुरल फिल्म कन्ट्री’को संज्ञा दिए।

उनले आफूले नेपालीलाई औधी माया गर्ने बताए। ‘म नेपालीलाई कति माया गर्छु भनी सावित गर्नैै पर्दैन। नेपालकै छोरी विवाह गरेर सावित गरेको छु,’ उनले भने।

महोत्सव शनिबार सकिनेछ।

प्रकाशित: Nov 08, 2019| 05:23 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्