आइतबार, साउन ३१, २०८३

आज हरिबोधनी एकादशी, तुलसी पूजा गरिँदै

भगवान विष्णुको प्रतीकका रूपमा रहेको तुलसी पूजा गर्दै आज हरिबोधनी एकादशी मनाइँदै छ।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- भगवान विष्णुको प्रतीकका रूपमा रहेको तुलसी पूजा गर्दै आज हरिबोधनी एकादशी मनाइँदै छ।

हिन्दू मान्यता अनुसार आषाढ शुक्ल एकादशीमा क्षीर सागरमा सुतेका विष्णु कात्तिक शुक्ल एकादशीमा जाग्ने भएकाले आजको दिनलाई हरिबोधनी एकादशी भनिएको हो।

यस दिन भगवान विष्णुको लक्ष्मीसँग विवाह भएको मान्यतामा तुलसी विवाह गरिदिने चलन पनि छ। यस दिन तुलसीको मठ सजाएर विधि परम्परा अनुसार तुलसी पूजा गरिन्छ ।

पौराणिककालमा ऋषि कनकी छोरी किशोरीले यसै दिन साँझ तुलसी पूजा गरेको स्कन्दपुराणको कात्तिक माहात्म्यमा उल्लेख छ। आजको दिन तुलसीको पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

भगवान विष्णु शयनबाट जाग्ने भएकाले पनि आजको दिनदेखि विवाहलगायत शुभकार्य गर्नु उत्तम मानिने ज्योतिषी बताउँछन्।

एकादशीका अवसरमा आज काठमाडौं उपत्यकाका चार नारायणलगायत देशैभरका विष्णु मन्दिरमा तीर्थालुको घुइँचो लागेको छ।

प्रकाशित: Nov 08, 2019| 02:47 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।