आइतबार, साउन ३१, २०८३

व्यवसायी एवं पूर्व राज्यमन्त्री रुप ज्योति पक्राउ

व्यापारिक घराना ज्योति समूहका सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- व्यापारिक घराना ज्योति समूहका सदस्य एवं पूर्व अर्थ राज्यमन्त्री रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ सिंगापुरबाट काठमाडौं फर्किएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

हाउजिङ सञ्चालनको नाममा सर्वसाधारणको रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मंगलबार सर्वोच्च अदालतले ज्योतिलाई पक्राउ गर्न प्रहरीलाई बाटो खोलिदिएको थियो ।

उनलाई शुक्रबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग रकम उठाई घर नदिएको मुद्दा जिल्ला अदालत काठमाडौंमा परेपछि २०७५ मंसीर २० गते अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

तर, त्यसविरुद्ध ज्योति सर्वोच्च अदालत गएपछि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशको एक वर्षपछि गत मंगलबार सर्वोच्चले ज्योतिको विपक्षमा फैसला दियो । त्यसपछि उनलाई पक्रन प्रहरीलाई बाटो खुलेको हो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रुप ज्यातिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको हो ।

 

प्रकाशित: Nov 07, 2019| 17:51 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।