आइतबार, साउन ३१, २०८३

भारतीय राजदूतलाई नेविसंघको ज्ञापन पत्र

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतको नयाँ नक्सामा नेपालको भूभागलाई राखिएको प्रति भारतीय राजदूतको ध्यानाकर्षण गराएको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतको नयाँ नक्सामा नेपालको भूभागलाई राखिएको प्रति भारतीय राजदूतको ध्यानाकर्षण गराएको छ।

बिहीबार नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्यहरुले भारतीय दूतावास लाजिम्पाटमा ज्ञापन पत्र बुझाउँदै राजदूतको ध्यानाकर्षण गराएका हुन्।

भारतको गृहमन्त्रालयले हालै प्रकाशित गरेको नयाँ नक्सामा नेपालको लिपुलेख, लिम्पियाधुरा र कालापानी भारतीय भूभागभित्र राखेको भन्दै यसमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

नेविसंघका पूर्व केन्द्रीय सदस्यहरु पदम भट्टराई, प्रेमबहादुर शाही र गीता गुरुङद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालका अभिन्न अंग रहेको स्मरण गराउँदै भारतले नक्सा फेरबदल गरी नेपाली भूभागलाई अतिक्रमण गर्दै नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको आफूहरुले ठानेको उल्लेख गरिएको छ।

साथै उक्त कदम तत्काल सच्याउन ज्ञापनपत्रमा माग गरिएको छ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भएका समस्याहरु एक आपसको कुटनीतिक सल्लाह र छलफलबाट समाधान गर्ने कुरामा आफूहरुलाई विश्वास रहेको र नेपाल जहिले पनि असंलग्न, पञ्चशील तथा विश्व शान्तिका पक्षमा रहेको ज्ञापन पत्रमा स्मरण गराइएको छ।

साथै भारतले आफ्नो नक्सामा गरेको त्रुटी तत्काल नसच्याए सम्पूर्ण नेपाली भारतविरुद्धको आन्दोलनमा होमिने चेतावनी ज्ञापन पत्रमा दिइएको छ।

प्रकाशित: Nov 07, 2019| 13:51 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।