शनिबार, कात्तिक २९, २०८२

अभिनयको पचास वर्ष पुरा गरेका अमिताभ बच्चन भन्छन, ‘अझै काम गर्छु’

अमिताभ बच्चनले बिहीबार (७ नोभेम्बर) हिन्दी फिल्ममा अभिनयको ५० वर्ष पूरा गरेका छन्। उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ ७ नोभेम्बर १९६९ मा रिलिज भएको थियो।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

एजेन्सी- अमिताभ बच्चनले बिहीबार (७ नोभेम्बर) हिन्दी फिल्ममा अभिनयको ५० वर्ष पूरा गरेका छन्। उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ ७ नोभेम्बर १९६९ मा रिलिज भएको थियो।

National life

भारतीय सञ्चारमाध्यममा केही समयदेखि उनी अस्वस्थ रहेको खबर आइरहेका बेला बच्चनले आफ्नो ब्लग मार्फत स्वास्थ्यसम्बन्धी जानकारी पनि दिएका छन्।

बच्चनका अनुसार उनलाई चिकित्सकहरुले केही समयका लागि कामबाट टाढै रहन सल्लाह दिएका छन्। उनले विभिन्न तस्बिरहरु पोष्ट गर्दै लेखेका छन्, ‘स्टेथेस्कोप लगाएर स्वर्गबाट आएका दूतले चेतावनी दिए पनि म आफ्नो काम जारी राख्नेछु।’

बच्चनलाई भारत सरकारले यसै वर्ष भारतीय फिल्मको सर्वोच्च सम्मान ‘दादा साहेब फाल्के’ पुरस्कार दिने घोषणा गरेको छ।

घर अगाडि भेला भएका प्रशंसकहरुलाई सम्बोधन गर्दै अभिनेता बच्चन।

 

Laxmi sunrise bank
kumari

एक सयभन्दा बढी हिन्दी फिल्ममा अभिनय गरिसकेका ७७ वर्षीय बच्चनका फिल्म ‘झुन्ड’, ‘चेहरे’, ‘गुलाबो सिताबो’ र ‘ब्रह्मास्त्र’ आउँदैछन्

अहिलेसम्म सबैभन्दा धेरै फिल्मफेयर अवार्ड जितेका बच्चनले पाश्र्व गायन, फिल्म निर्माण, टेलिभिजन प्रस्तोताको काम गरिसकेका छन्। उनी सन् १९८४ देखि १९८७ सम्म भारतीय संसदका निर्वाचित सदस्य पनि थिए।

उनले लामो समयदेखि चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ होस्ट गरिरहेका छन्। यूनिसेफको पोलियो उन्मूलन अभियानमा काम गरेका बच्चन सुर्ति निषेध परियोजनामा पनि काम गर्दैछन्।

प्रकाशित: Nov 07, 2019| 13:04 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्