आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले भारतीय राजदूतलाई भने : नेपाली भूमिमाथिको अतिक्रमण अस्वीकार्य

देउवाले भारतीय राजदूतलाई भने : नेपाली भूमिमाथिको अतिक्रमण अस्वीकार्य

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलाका केही भू-भाग परेपछि देशभर विरोध प्रदर्शन भैरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मंजिव सिंह पुरीसंग टेलिफोन संवाद गरेका छन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं - भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलाका केही भू-भाग परेपछि देशभर विरोध प्रदर्शन भैरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मंजिव सिंह पुरीसंग टेलिफोन संवाद गरेका छन्।

देउवाले पुरीसँगको संवादका क्रममा नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट रहेको र आफ्ना कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य हुने बताएका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनीतिक माध्यमद्वारा हल खोज्नुपर्ने कांग्रेसले बताएको छ।

प्रकाशित: Nov 07, 2019| 12:26 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।