आइतबार, साउन ३१, २०८३

सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई पत्र

भारतले नेपाली भूमि आफ्नो नक्सामा देखाएको विषयमा अविलम्ब कूटनीतिक पहल थाल्न सरकारसंग सत्तारुढ दलका भ्रातृ सङ्गठनहरुले माग गरेका छन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

धनगढी – भारतले नेपाली भूमि आफ्नो नक्सामा देखाएको विषयमा अविलम्ब कूटनीतिक पहल थाल्न सरकारसंग सत्तारुढ दलका भ्रातृ सङ्गठनहरुले माग गरेका छन्।

भारतले नेपालको नालापानी, लिपुलेक, लिम्पियाधुरा, कुटी, गुन्ना र नावी लगायतका भू-भागलाई भारतको नक्सामा समावेश गरेपछि यस विषयमा कुटनीतिक पहल थाल्न उनीहरुले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

पत्र बुझाउँदै साविक अखिल क्रान्तिकारी केन्द्रीय अनुगमन तथा अनुशासन आयोगका सचिव रमेश प्रसाद भट्टराईले वेलायतको दासत्वबाट मुक्त भएको ७ दशक भन्दा बढी समय वितिसक्दासमेत दास मानसिकताबाट भारत पछि हट्न नसकेको बताए।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक सिंहले भारतले गरेको गल्ती अविलम्ब सच्याउनुपर्ने बताए। उनले नेपाली भूमी अतिक्रमण गर्ने भारतीय विस्तारवाद नीति आपत्तिजनक, निन्दनीय र अस्वीकार्य हुने बताए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यस विषयमा मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण भएको बताए। मुख्यमन्त्री भट्टले प्रदेश सरकारले सीमा समस्याको समाधान गर्न नसक्ने भएका कारण संघीय सरकारसंग यस विषयमा पहल भइरहेको बताए। उनले कुटनीतिक माध्यमबाट यसको सामाधान हुने दाबी गरे।

प्रकाशित: Nov 07, 2019| 11:51 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।