आइतबार, साउन ३१, २०८३

एम्नेस्टी नेपालको २८ औं साधारणसभा धरानमा

एम्नेस्टी इन्टरनेसनल नेपालको २८ औं वार्षिक साधारणसभा शुक्रबार र शनिबार धरानमा आयोजना हुँदैछ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

धरान - एम्नेस्टी इन्टरनेसनल नेपालको २८ औं वार्षिक साधारणसभा शुक्रबार र शनिबार धरानमा आयोजना हुँदैछ। देशभरबाट धरानमा जम्मा हुने एम्नेस्टी नेपालका समूह प्रतिनिधिको भेलाले नेपालमा जरा गाडेर रहेको दण्डहीनतालाई अन्त्य गर्ने सवालमा भइरहेका गतिविधिको समीक्षा गर्नेछ।

साधारणसभा उद्घाटन शुक्रबार २ बजे धरानस्थित होटल गजुर प्यालेसमा हुनेछ। त्यसपछि एम्नेस्टी नेपालमा आबद्ध युथ नेटवर्कका सदस्यहरूद्वारा महिला हिंसाविरुद्ध सार्वजनिक कार्यक्रम आयोजना गरिनेछ।

कात्तिक २३ गते बन्दसत्रको कार्यक्रम छ। बन्दसत्रमा एम्नेस्टी प्रतिनिधिहरूले गत वर्षको आफ्नो मानवअधिकारसम्बन्धी कार्यहरूको प्रभावबारे छलफल गर्नेछन्। यस्तै साधारणसभाले सन् २०२० का लागि प्राथमिकता र संस्थागत बजेट निर्धारण गर्नेछ।

साधारणसभामा एम्नेस्टी नेपालका विभिन्न समूहमा आबद्ध सयभन्दा बढी प्रतिनिधिहरू, बोर्डका सदस्यहरू, पुनरावेदन समितिका सदस्यहरू, पूर्व अध्यक्षहरू, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक तथा एम्नेस्टी इन्टरनेसनलको अन्तर्राष्ट्रिय बोर्ड र अभियानका प्रतिनिधि सहभागी हुनेछन्।

प्रकाशित: Nov 07, 2019| 11:37 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।