मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग खेल्ने

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग खेल्ने

नेपालकै सर्वाधिक महँगो एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– नेपालकै सर्वाधिक महँगो एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ। उसले आज सोमबार काठमाडौंमा कार्यक्रम गर्दै अफ्रिदीलाई आउँदो सिजनका लागि अनुबन्ध गरेको जानकारी दिएको हो।

National life

क्लबले शाहिदलाई ईपीएलकै सबैभन्दा महँगो खेलाडी ट्रान्सफर भनेको छ। पाकिस्तानी खेलाडी अफ्रिदी एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो सतक हान्ने खेलाडीसमेत हुन्।

२०७६ चैतमै आयोजना हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण स्थगित भएको थियो। केही महिनाअघि आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आउँदो सिजनमा प्रतियोगिता गर्ने बताएको थियो। आउँदो सेप्टेम्बर २५ बाट कीर्तिपुरको टियू क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ।

यसैबीच, क्रिकेटर सन्दीप लामिछानेले अफ्रिदीलाई नेपालमा खेल्नका लागि शुभकामना दिएका छन्।

प्रकाशित: Jul 26, 2021| 13:35 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।