आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ नक्साले नेपाली भूभाग नमिचेको भारतको दाबी, संवादबाट समाधान खोज्ने प्रतिबद्धता

नयाँ नक्साले नेपाली भूभाग नमिचेको भारतको दाबी, संवादबाट समाधान खोज्ने प्रतिबद्धता

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्साबारे नेपालमा विरोध भएपछि भारत सरकारले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्साबारे नेपालमा विरोध भएपछि भारत सरकारले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।

भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्साले भारतको सार्वभौम भूभागलाई दुरुस्त देखाएको र नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै संशोधन नभएको बताएका छन् ।

उनले नेपालसँगको सीमा विवादका लागि दुई पक्षीय संयन्त्रले काम गरिरहेको भन्दै दुई देशबीच मतभेद पैदा गराउन चाहने स्वार्थी तत्वबाट दुबै देश बच्नुपर्ने पनि बताए।

“हाम्रो नक्साले भारतको सार्वभौम भूभागलाई दुरुस्त देखाएको छ। नयाँ नक्सामा नेपालसँगको हाम्रो सीमामा कुनै संशोधन गरिएको छैन।  नेपालसँग सीमा निर्धारण (विवाद समाधान) का लागि मौजुदा संयन्त्रले काम गरिरहेको छ।” पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता रविशकुमारले अगाडि भने, “हामी द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध भावना अनुसार संवादबाटै समाधान पहिल्याउने प्रतिवद्धता दोहोर्‍याउँछौं। र, सबैभन्दा महत्वपूर्ण, दुई देशबीच मतभेद पैदा गर्ने केही निहित स्वार्थबाट दुबै पक्ष बच्नु जरुरी छ।”

प्रकाशित: Nov 07, 2019| 11:24 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।