आइतबार, साउन ३१, २०८३

भारतीय नयाँ नक्सा मान्य छैन : दाहाल

सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले भारतले हाले प्रकाशनमा ल्याएको नयाँ नक्सा पार्टी र वर्तमान सरकारलाई मान्य नहुने बताएका छन्।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

पोखरा - सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले भारतले हाले प्रकाशनमा ल्याएको नयाँ नक्सा पार्टी र वर्तमान सरकारलाई मान्य नहुने बताएका छन्।

पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चीन र भारतबीच लिपुलेकबारे सहमति हुनेबित्तिकै यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरिसकेको थिएँ । त्यसैले नक्सा सच्याउनैपर्छ ।’

सरकार र पार्टीले सच्याउन आग्रह गरिसकेकाले अब कूटनीतिक प्रक्रियाबाट यसबारे छलफल अघि बढ्ने उनले बताए। दाहालले भने,‘यस विषयमा सिंगो राष्ट्र एक ढिक्का छ। नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि हस्तक्षेप स्वीकार्य छैन।’

अर्को एक प्रसंगमा उनले नेकपा नेतृत्वमा सरकार गठन भइसकेपछि पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रदेश प्रमुखले राजीनामा नदिएपछि अहिले बर्खास्त गरिएको स्पष्ट पारे । उनले भने, ‘उहाँहरूले राजनीतिक संस्कार देखाउन सक्नु भएन । तर हामीले दुई वर्षसम्म पर्खिरह्यौं।’

दाहालले कास्की मनोनयन प्रक्रिया सभ्य र भव्य रुपमा सम्पन्न भएको सुन्दा खुसी लागेको बताए । उनले भने, ‘पार्टी केन्द्रदेखि सर्वसम्मत उम्मेदवारका रुपमा छानिएकी विद्या भट्टराईलाई बधाई छ। उनले यो निर्वाचन जित्ने मिसन सफलतापूर्वक सम्पन्न हुनेछ।’

उनले नेताकार्यकर्तालाई एक ढिक्का भएर रातदिन खटेर भट्टराईलाई जिताउन निर्देशन दिए। दाहालले उपनिर्वाचनका लागि प्रतिनिधि सभा सदस्य १, प्रदेशसभा सदस्य ३ र १ उपमहानगरपालिकाको मेयरमा पार्टीले सर्वसम्म निर्णय गरी उम्मेदवारी दिएको जानकारी दिए।

प्रकाशित: Nov 07, 2019| 11:13 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।