शनिबार, कात्तिक २९, २०८२

सुरु भयो स्वर्णिम चलचित्र महोत्सव

वीरगंजमा स्वर्णिम चलचित्र महोत्सव-२०७६ आजबाट सुरु भएको छ। आदर्शनगर रंगशालामा महोत्सव सुरु भएको हो।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

पर्सा - वीरगंजमा स्वर्णिम चलचित्र महोत्सव-२०७६ आजबाट सुरु भएको छ। आदर्शनगर रंगशालामा महोत्सव सुरु भएको हो।

National life

महोत्सवका लागि नेपाल आएका बलिउड नायक गोविन्दा पनि वीरगंज पुगेका छन्।

‘तराई, पहाड, हिमालको उत्सव’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। कार्यक्रममा नायक गोविन्दालाई राष्ट्रपति भण्डारीले सम्मान गर्नेछिन्।

तराई–मधेसका कथा र कलाकारलाई पनि नेपाली चलचित्रमा समेटिनुपर्ने भन्ने मुख्य उद्देश्यका साथ सुरु भएको महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुतिसमेत दिने भएका छन्।

उद्घाटन अघि निकालिएको र्‍यालीमा नेतादेखी कलाकारसम्मको उपस्थिति रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रभातफेरिमा प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी, प्रदेश सांसद जन्नत अन्सारी, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराई, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, राष्ट्रिय कलाकार सरोज खड्का, धिरेन शाक्य, नरेन्द्र श्रेष्ठ, सन्जु अमात्य, रबि बस्नेत, नन्दु श्रीवास्तव, सुनिल पण्डित, खैरुदिन अन्सारी लगायत स्थानीय कलाकारहरुसहित विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नेपाली चलचित्रलाई समयानुकुल, मौलिक रुपमा प्रस्तुत गर्न महोत्सव फलदायी हुने महोत्सव संयोजक नन्दु श्रीवास्तवले बताए।

महोत्सवका लागि वीरगंज उद्योग वाणिज्य संघको साझेदारी र सहयोग रहेको आयोजकले जनाएको छ। त्यस्तै, महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ। प्रदेश सरकारले १० लाख, वीरगंज महानगरपालिकाले १५ लाख र प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले पनि केही रकम सहयोग गरेको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: Nov 07, 2019| 09:25 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्