आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यभार सम्हाल्दै कलौनीले भने : ‘कर्णालीको गरिबी हटाउन पहल गर्नेछु’

कार्यभार सम्हाल्दै कलौनीले भने : ‘कर्णालीको गरिबी हटाउन पहल गर्नेछु’

कर्णालीका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले छिमेकीलाई पराई ठान्न नहुने बताएका छन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

सुर्खेत - कर्णालीका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले छिमेकीलाई पराई ठान्न नहुने बताएका छन्। ‘म कर्णालीलाई आफ्नै ठानेर यहाँ आएँ’, सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो कार्यभार सम्हाल्दै कलौनीले भने, ‘भौगोलिक हिसाबमा सुदूरपश्चिम र कर्णाली छिमेकी हुन्। छिमेकीलाई कहिले पनि पराई ठान्नु हुँदैन।’

राज्य पुनर्संरचनाले कर्णालीलाई पनि सुदूरपश्चिममा बिसाएको स्मरण गर्दै उनले भने, ‘कर्णाली प्रदेश जनताको आन्दोलनको बलले जन्मिएको हो। राज्यले त एउटै बनाउन खोजेको थियो। त्यसैले छिमेकी भनेको पराई होइन, आफ्नो हो।’

कर्णालीले प्रदेश प्रमुख नपाउँदा जनतामा एक प्रकारको आक्रोश छ यस्तो अवस्थामा तपाईं कसरी अगाडि बढ्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कलौनीले जनताको चाहना विकास र समृद्धि भएकाले गरिबी अन्त्य गर्ने कार्यलाई प्राथमिकता दिने बताए। उनले भने, ‘कर्णाली भौगालिक रुपमा विकट छ, आर्थिक र सामाजिक रुपमा पिछडिएको छ। यस्तो अवस्थामा केन्द्र सरकारले अन्य प्रदेशसरह कर्णालीलाई हेर्नु हुँदैन। केन्द्रको विशेष सहयोग भित्राउन म प्रदेश र केन्द्र सरकारबीच समन्वय गर्नेछु।’

कर्णालीमा प्राकृतिक स्रोत र मानव जनशक्ति पर्याप्त रहेको भन्दै उनले यसको सदुपयोग गर्न सके प्रदेशको मुहार बदलिने बताए। लगानी भित्र्याउनका लागि आफूले केन्द्र सरकारसँग विशेष पहल गर्ने जानकारीसमेत उनले दिए। प्रदेश सरकारसँग अभिभावकीय भूमिका निर्वाह गर्दै कर्णालीको भौतिक र सामाजिक विकासमा आफू समन्वयकारी भूमिकामा रहने उनको भनाइ छ।

प्रकाशित: Nov 06, 2019| 11:09 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।