शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश प्रमुख परियारलाई उपप्रधानमन्त्री यादवको स्वागत

प्रदेश प्रमुख परियारलाई उपप्रधानमन्त्री यादवको स्वागत

प्रदेश २ का नवनियुक्त प्रमुख तिलक परियार बुधबार प्रदेशको अस्थाई राजधानी जनकपुर आइपुगेका छन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

जनकपुरधाम- प्रदेश २ का नवनियुक्त प्रमुख तिलक परियार बुधबार प्रदेशको अस्थाई राजधानी जनकपुर आइपुगेका छन्।

परियारलाई सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वागत गरेका थिए। काठमाडौं जाँदै गरेका यादव र काठमाडौंबाट आइपुगेका परियारबीच विमानस्थलको विशिष्ट कक्षमा भेट भएपछि उपप्रधानमन्त्री यादवले प्रदेश प्रमुख परियारलाई स्वागत गर्दै ‘मिथिला नगरीमा स्वागत छ’ भनेका थिए।

परियारलाई स्वागत गर्न मुख्यमन्त्री लालबाबु राउतका साथै नेकपाका कार्यकर्ता विमानस्थल पुगेका थिए। परियारले बुधबार नै प्रदेश प्रमुखको पदभार सम्हालेका छन्।

सरकारले प्रदेश प्रमुख फेरबदल गरेसँगै सत्ता साझेदार समाजवादी पार्टी (सपा) रुष्ट बनेको छ। सपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत संघीय सरकारको निर्णयप्रति कडा आलोचना गरेका छन्।

प्रकाशित: Nov 06, 2019| 09:08 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।