शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्घाखाँची जिप दुर्घटना : ज्यान गुमाउने तीनजना एकै परिवारका

अर्घाखाँची जिप दुर्घटना : ज्यान गुमाउने तीनजना एकै परिवारका

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ दहखोलामा जिप दुर्घटना हुँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

अर्घाखाँची - अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ दहखोलामा जिप दुर्घटना हुँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। बा १७ च ६९ १७ नम्बरको कार बुधबार दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा पाणिनि गाउँपालिका वडा नं.८ घर भई हाल सैनामैना बस्दै आएका ८० वर्षीया दुर्गादेवी खड्का, उनका ४३ वर्षीय छोरा भक्तबहादुर खड्का र अर्का ३९ वर्षीय छोरा तिलबहादुर खड्का रहेका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

गाडी चालक गंगाबहादुर खड्का र २५ वर्षीय विनोद खड्का गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित: Nov 06, 2019| 07:39 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।